नेपाल राष्ट्रिय कर्मचारी संगठन, बबरमहल, काठमाडौँ अन्तर्गत आवद्ध सदस्यहरुको विवरण अद्यावधिक गर्ने तथा व्यवस्थापन गर्ने उदेश्यका साथ सदस्यता व्यवस्थापन प्रणाली सफ्टवेयरको निर्माण गरिएको हो |

यस सदस्यता व्यवस्थापन प्रणाली सफ्टवेयरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन अन्तर्गत आवद्ध रहेका सम्पूर्ण सदस्यहरुले यस प्रणालीमा दर्ता गरि आफ्नो विवरणहरु अद्यावधिक गर्ने कार्य गर्नु पर्नेछ |

  • एक जना सदस्यले एक पटक मात्र रजिस्टर गर्नु पर्ने हुन्छ |
  • रजिस्टर गर्दा आफ्नो नाम, कार्यरत कार्यालयको नाम, सम्पर्क नं., इमेल, ठेगाना, आफ्नो पासपोर्ट साईज फोटो र दर्ताको लागि आफ्नो पासवर्ड टाईप गरि प्रविष्टि गर्नु पर्ने हुन्छ | रजिस्टर गरिसकेपछि आफ्नो ब्यक्तिगत विवरण, कार्यालयको विवरणका साथै अन्य विवरण अद्यावधिक गर्न सक्नु हुनेछ |
  • अद्यावधिक विवरण प्रविष्टि गर्नको लागि आफुले रजिस्टर गर्दाको इमेल र रजिस्टर गर्दा राखिएको पासवर्डबाट लगईन ब्लकमा राखेर लगईन गर्न सक्नु हुनेछ |
  • आफ्नो पासवर्ड बिर्सेको खण्डमा “पासवर्ड बिर्सिनुभयो?” मा क्लिक गर्नुहोस् र तपाईको इमेलमा आएको विवरण अनुसार आफ्नो पासवर्ड Reset गर्नुहोस् |
  • अद्यावधिक विवरण सहित मासिक तथा बार्षिक लेभी तिर्नको लागि सफ्टवेयरमा भएको QR Code स्क्यान गरि रकम तिर्नुहोस् र तिरेको रकमको फोटो लेभी विवरणमा पेश गर्नुहोस् |
  • करारका कर्मचारीको हकमा कर्मचारी संकेत नं. को ठाउँमा कार्यालयले प्रदान गरिएको कर्मचारी नं. प्रयोग गर्ने |

सम्पर्क व्यक्ति:
केशव भट्ट
नेपाल राष्ट्रिय कर्मचारी संगठन
फोन: 9848714999
इमेल: neon.nepal2080@gmail.com
वेबसाइट: neoncivil.org.np

सफ्टवेयर सम्बन्धि प्राविधिक समस्या परेमा:
किरण बमनु: 9855024158
सुशान्त पौडेल: 9855048277
ड्रिमवर्क शोलुसन
इमेल: itchitwan@gmail.com
वेबसाइट: dws.com.np